काठमाडौ । विवादमा तानिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्न लागेका छन् ।
आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा उनले प्राधिकरणमै पत्रकार सम्मेलन गर्न लागेका हुन् । पछिल्लो समय उनी डेडिकेटेड र ट्रंकलाइनको महसुलसम्बन्धी विवादमा फसेका छन् ।
दिउँसो साढे १ बजे हुन लागेको पत्रकार सम्मेलनमा उनले सो विषयमा समेत आफ्नो धारणा राख्ने बताइएको छ ।
लेखा समितिले मागेको आधारमा बिहीबारमात्रै कुलमानले डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेका उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ साउन २०८१, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उज्यालो नेपाल पार्टी अन्य दलसँग विलय हुँदैन : कुलमान घिसिङ
इन्डक्सन चलाउँदा ट्रान्सफर्मर पड्किन्छ भन्नु प्राविधिक यथार्थ विपरीत : घिसिङ
बालेनलाई बधाई दिँदै कुलमानले भने- रचनात्मक भूमिका निर्वाह गर्न प्रतिबद्ध छौँ
‘यो चुनाव काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो’: कुलमान घिसिङ
राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गरेरै छाड्छु : कुलमान घिसिङ
‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं, काठमाडौँमा एक नम्बरको पार्टी हुन्छौं’ : कुलमान घिसिङ