काठमाडौ । विवादमा तानिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्न लागेका छन् ।
आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा उनले प्राधिकरणमै पत्रकार सम्मेलन गर्न लागेका हुन् । पछिल्लो समय उनी डेडिकेटेड र ट्रंकलाइनको महसुलसम्बन्धी विवादमा फसेका छन् ।
दिउँसो साढे १ बजे हुन लागेको पत्रकार सम्मेलनमा उनले सो विषयमा समेत आफ्नो धारणा राख्ने बताइएको छ ।
लेखा समितिले मागेको आधारमा बिहीबारमात्रै कुलमानले डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेका उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण बुझाएका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ साउन २०८१, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री कुलमान घिसिङ
टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ
‘अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व नयाँ शक्तिहरूले गर्नुपर्छ’ : कुलमान घिसिङ
अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन : कुलमान घिसिङ
अब देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागेको छ: कुलमान घिसिङ
सुशासनमार्फत् जनतामा आशा जगाउन सरकार केन्द्रित छ : मन्त्री घिसिङ