बेइजिङ । चीनको एउटा फर्निचर बनाउने कम्पनीले गोरिल्ला जस्तै देखिने बनाउन थालेको छ । सामाजिक सञ्जालमा एआईले बनाएको उक्त गोरिल्ला सोफा भाइरल भएसँगै उपभोक्ताहरूबाट यस्तै खालको सोफाको माग बढ्यो ।त्यसपछि फर्निचरले गोरिल्ला सोफा बनाउन सुरु गरेको हो ।
अप्रिलमा इन्स्पायरिङ डिजाइन्स नाम गरेको एउटा ब्लगले एआई प्रयोग गरेर बनाएको गोरिल्ला सोफाका दर्जनौँ तस्बिर पोस्ट गरेको थियो । सो सोफा बनाउन कुन टुल प्रयोग भएको थियो थाहा छैन । तर सोफा झट्ट हेर्दा यति लोभ लाग्दा थिए कि एआईले बनाएको हो कि साँच्चै हो भनेर मान्छेहरू झुक्किन्थे ।
सोफा देखेर कहाँ किन्न पाइन्छ भनेर धेरैले सोध्न थाले ।सोफाबारे सोधपुछ बढ्न थालेपछि सुनायोनामक फर्निचरले त्यस्तै सोफा बनाउन थाल्यो । यी सोफा एआईले बनाएको जस्तो राम्रो र कूल त थिएनन् ।
तर पनि एक ग्राहकले सोफा अर्डर गरे । यो देखेर कम्पनीले विभिन्न रङ्ग र आकारमा सोफा बनाउन थाल्यो । अहिले कम्पनीले एमाजनमा ९ हजार ९९५ अमेरिकी डलरमा यो सोफा बेच्न राखेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ साउन २०८१, १६ : ४८
लेखकबाट थप