काठमाडौँ । नेपाली काँग्रेसले महासमिति बैठक भएको साढे पाँच महिनापछि उक्त बैठकमा प्रस्तुत दस्ताबेजहरू पारित गरेको छ ।
महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अलग-अलग प्रतिवेदनहरू पेस गरेका थिए । महासमिति बैठकमा ती प्रतिवेदनमाथि छलफल र सुझावहरू संकलन भएपनि सुझावहरू प्रतिवेदनमा समेटिएको थिएन ।
सभापति शेरबहादुर देउवाले सुझावहरू सहित प्रतिवेदनहरू जस्ताको त्यस्तै पारित गर्दा तत्कालको राजनीतिक समीकरणमा असर पर्ने भन्दै सुझावहरू समेटेर केन्द्रीय कार्यसमितिले प्रतिवेदन पारित गर्ने गरी बैठक समापन गरेका थिए । त्यसयता काँग्रेसले अत्यावश्यक बाहेक नियमित विषयमा छलफलका लागि केन्द्रीय कार्यसमितिको बैठक समेत बोलाएको थिएन ।
काँग्रेसले महासमिति बैठकमा चुनावमा गठबन्धन गर्नु गलत थियो भन्नेबारे छलफल गरेको र आगामी चुनावमा गठबन्धन नगर्ने निर्णय गरेको भन्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेससँगको गठबन्धन नै तोडेका थिए । महासमिति बैठकको छलफलकै कारण सत्ता गुमाएको काँग्रेसले एमालेसँग नयाँ समीकरण बनाएर सत्तामा फर्किएपछि मात्रै महासमिति बैठकका प्रतिवेदनहरू केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ साउन २०८१, २० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?