बङ्गलादेशमा राष्ट्रपतिद्वारा संसद् विघटन

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०८१, १६ : ४७
बङ्गलादेशमा राष्ट्रपतिद्वारा संसद् विघटन

काठमाडौं। बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै संसद् विघठन गरेका छन् ।राष्ट्रपति साहाबुद्दिनले मङ्गलवार संसद् विघटन गरेको उनका प्रेस सचिव सिप्लु जमानले बताए ।  ‘राष्ट्रपतिले संसद् विघटन गर्नुभएको छ,’  उनले भने ।

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले शुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री शेष हसिनालाई राजीनामा दिन बाध्य बनाएको हो । उनले देशसमेत छाेड्नुपरेकाे छ ।

बङ्गलादेशमा आएको राजनैतिक परिवर्तनपछि सोमवार राति नै राष्ट्रपति साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गरेको ढाका ट्रिब्युनले जनाएको छ ।

अर्कोतिर हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बङ्गलादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न भन्दै नोबेल पुरस्कार विजेता डा मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस