काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार प्रदेश प्रमुख नाजिर मियाँले शाहलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । शपथ लिएलगत्तै शाहले सरकारलाई समेत पूर्णता दिएका छन् । उनले एमालेका ३, कांग्रेसका २ र नागरिक उन्मुक्ति पार्टीका एक सांसदलाई मन्त्री तथा कांग्रेसका २ र एमालेका १ सांसदलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।
उनीहरूले पनि सपथ पद तथा गोपनीयताको सपथ लिएका छन् । कांग्रेसका मेघराज खड्काले सामाजिक विकास मन्त्री, बहादुरसिंह थापाले आर्थिक मामिला मन्त्री, एमालेका सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार विकास मन्त्री, हिरा सार्की आन्तरिक मामिला तथा काननु मन्त्री र बिरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको सपथ लिएका छन् ।
कांग्रेसकी सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री, प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र एमालेकी निर्मलादेवी साउँद भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन् ।
शाह संविधानको धारा १६८ को उपधारा २ अनुसार आइतबार मुख्यमन्त्री नियुक्त भएका थिए । यो उनको दोस्रो कार्यकाल हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ साउन २०८१, १८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउनुपर्नेमा मुख्यमन्त्री शाहको जोड
सुदूरपश्चिमका सर्प दंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि