काठमाडौ । श्रीलंकाले दोस्रो एकदिवसीय खेलमा भारतलाई ३२ रनले हराएको छ।
आइतबार भएको दोस्रो एकदिवसीय खेलमा श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।
पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा २ सय ४० रन बनायो। भारतलाई जितका लागि २४१ रनको लक्ष्य थियो। श्रीलंकाका लागि अविष्का फर्नान्डो र कामिदु मेन्डिसले सर्वाधिक ४० रन बनाए।
भारतका लागि वासिङ्टन सुन्दर सर्वाधिक सफल बलर बने। वासिङ्टन सुन्दरले तीन विकेट लिए।लक्ष्य पछ्याउन उत्रिएको भारतीय टोलीको सुरुवात राम्रो थियो। कप्तान रोहित शर्मा र ओपनर शुभमन गिलबीच ९७ रनको साझेदारी भयो।
रोहित शर्माले ६४ रनको इनिङ खेले। निर्धारित ५० ओभरमा भारतीय टोलीले सबै विकेट गुमाए पनि ५० रन मात्र बनाउन सक्यो।तर रोहित आउट भएपछि भारतको विकेट नियमित अन्तरालमा गिर्दै गयो र भारतीय टोली २०८ रनमा अलआउट भयो।
भारतीय टोली हाल श्रीलंका भ्रमणमा छ, जहाँ उसले तीन एकदिवसीय खेलको शृंखला खेलिरहेको छ। यो शृङ्खलाको पहिलो खेल बराबरी भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ साउन २०८१, ०७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा