काठमाडौं। संयुक्त राष्ट्रसंघीय सङ्गठन युनिसेफले बंगलादेशमा आरक्षणको विरोधमा भएको विद्यार्थी आन्दोलनका क्रममा धेरै बालबालिकाको मृत्यु भएको जनाएको छ ।बालबालिकाका लागि काम गर्ने राष्ट्रसंघीय संस्था युनिसेफले बंगलादेशमा विद्यार्थी प्रदर्शनका क्रममा कम्तीमा ३२ बालबालिकाको मृत्यु भएको जनाएको हो ।
युनिसेफका प्रवक्ताका अनुसार मारिएका बालबालिकामध्ये एक पाँच वर्षका पनि थिएनन् । मारिएका अधिकांश मानिस प्रदर्शन हेरिरहेका थिए ।बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका २०० व्यक्तिमध्ये यी बालबालिका पनि पर्छन्।
संयुक्त राष्ट्र संघका प्रवक्ताले मृत्यु हुनेमा अधिकांश १३ वर्ष वा सोभन्दा माथिका थिए । एउटा बच्चा पाँच वर्ष मुनिको र एक बच्चा ६ देखि १२ वर्षका बीचका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ साउन २०८१, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला