डोटी । डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको ज्यान गएको छ ।
जिल्लाको पुर्विचौकी गाउँपालिका वडा नम्बर ६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापाको सिकार खेल्ने क्रममा गोली लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईले जानकारी दिएका छन् ।
सोही ठाउँको घोत्नेगडा सामुदायिक वनमा सिकार खेल्न गएका थापाको शुक्रवार बिहान करिब ११ बजेतिर गोली लागेर घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
थापा समूहमा सिकार खेल्न गएको प्रारम्भिक जानकारी आएको भए पनि आफूसहितको प्रहरी टोली घटना स्थलमा पुगी थप अनुसन्धान गरिरहेको डिएसपी भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ साउन २०८१, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते
गोली चलाएर प्रहरीले समात्यो लुटेरा
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार