हेटौंडा । बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पदभार ग्रहण गरेका छन् । शुक्रबार प्रदेश प्रमुख कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् ।
साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले देवकोटालाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए । देवकोटाले बिहीबार पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
सरकारले निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई हटाएर देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो । देवकोटा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य रहेका थिए भने उनी धनगढीका स्थानीय हुन् । देवकोटा बागमती प्रदेशका चौथो प्रदेश प्रमुख हुन् ।
सोही अवसरमा निवर्तमान प्रदेश प्रमुख शर्माको बिदाइ समेत गरिएको छ । ३ वर्ष प्रदेश प्रमुखको जिम्मेवारीमा रहेका शर्मा एकीकृत समाजवादी निकट हुन् । शर्मा २०७८ भदौ ४ मा प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।
समारोहमा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, सभामुख भुवनकुमार पाठक, प्रदेशका मन्त्री तथा सचिवहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ साउन २०८१, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !