हेटौंडा । बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पदभार ग्रहण गरेका छन् । शुक्रबार प्रदेश प्रमुख कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् ।
साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले देवकोटालाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए । देवकोटाले बिहीबार पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
सरकारले निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई हटाएर देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो । देवकोटा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य रहेका थिए भने उनी धनगढीका स्थानीय हुन् । देवकोटा बागमती प्रदेशका चौथो प्रदेश प्रमुख हुन् ।
सोही अवसरमा निवर्तमान प्रदेश प्रमुख शर्माको बिदाइ समेत गरिएको छ । ३ वर्ष प्रदेश प्रमुखको जिम्मेवारीमा रहेका शर्मा एकीकृत समाजवादी निकट हुन् । शर्मा २०७८ भदौ ४ मा प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।
समारोहमा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, सभामुख भुवनकुमार पाठक, प्रदेशका मन्त्री तथा सचिवहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ साउन २०८१, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा