सुर्खेत । केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी हुने भएको छ । नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेसबाट चारजना मन्त्री सहभागी हुने छन् ।
कांग्रेस प्रमुख सचेतक हिक्मत विष्टले संसदीय दलका तर्फबाट मन्त्रीहरूको नाम मुख्यमन्त्रीलाई बुझाएको जानकारी दिए । शुक्रबार नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशी वीरेन्द्रनगर आएकाले आजै मन्त्रीहरुको सपथको तयारी गरिएको छ ।
कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा हुन लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ साउन २०८१, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश सरकारद्वारा दश वर्षे कृषि रणनीति तयार पारिँदै
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’