काठमाडौँ । आज बिहान सिन्धुली जिल्लामा भारी वर्षा भएको छ । सो जिल्ला भई बहने अधिकांश नदी तथा खोलामा जलसतह सतर्कता तहभन्दा माथि पुगेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
सुनकोसी नदी खुर्कोट जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको हुँदा उक्त नदीको तल्लो तटीय क्षेत्रमा रहनेहरूले आज साँझ सम्म सतर्कता अपनाउन विभागले अनुरोध हो।
सिन्धुलीको कमला नदी, रानीबासस्थित जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
देशका केही स्थानमा भोलि वर्षाको सम्भावना
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा
वर्षा र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध
यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह