मुम्बई-हावडा मेल दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते

सफल खबर संवाददाता

मंगलबार, १५ साउन २०८१, १० : ३६
मुम्बई-हावडा मेल दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते

काठमाडौं। भारतको झारखण्डस्थित सरायकेला–खरसावन जिल्लामा मंगलबार बिहान मुम्बई–हावडा मेल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको बीबीसी हिन्दीले जनाएको छ । 

प्रारम्भिक रिपोर्टमा छ जना घाइते भएको बताइएको छ । बडाबम्बु नजिकै बिहान ४:४५ बजे दुर्घटना भएको हो । यो ठाउँ जमशेदपुरबाट ८० किलोमिटर टाढा छ र दक्षिण पूर्वी रेलवेको चक्रधरपुर डिभिजन अन्तर्गत पर्छ।हावडा-मुम्बई मेल एक्सप्रेसको कोच पटरीबाट खसेपछि त्यसको छेउमा उभिएको मालगाडीसँग ठोक्किको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस