मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज संसदबाट विश्वासको मत लिने छन् । साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामाले कांग्रेस एमालेको गठबन्धनबाट सरकारको नेतृत्व हत्याएका हुन् । साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिन भित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ ।
मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।
सरकारलाई पूर्णता दिए लगत्तै मुख्यमन्त्री लामाले सरकार सुरक्षित गर्ने उद्देश्य अनुसार संसदबाट विश्वासको मत लिने निर्णय गरेका हुन् । उनको निर्णय अनुसार प्रदेशसभा बैठक आह्वानका लागि प्रदेशसभा सचिवालय हेटौँडामा पत्राचार गरेका थिए ।
सोही अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज (मंगलबार)बा लागि प्रदेशसभा बैठक आह्वान गरेका छन् । दिउँसो ३ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलफल सहित निर्णय हुनेछ ।
सचिवालयका अनुसार बैठकको सुरुवातमा मुख्यमन्त्री लामाले आफ्नो धारणा सहित विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नेछन् भने सो पश्चात् दलगत रूपमा मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि नेताहरूले धारणा राख्नेछन् ।
दलगत रूपमा सांसदहरूको धारणा राखेसँगै मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन गर्ने संसद्को कार्यसूची रहेको छ । हस्ताक्षर सहितको मत विभाजनमा सांसदहरूले मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्ष, विपक्ष वा तटस्थमा मत दिने सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री लामाले आफूलाई विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न माओवादी केन्द्र सहितका विपक्षी दलहरूलाई आग्रह गरेका छन् । लिखित रूपमा सबै दलहरूलाई पत्राचार गरेर उनले आफूलाई विश्वासको मत दिन विपक्षी दलहरूलाई आग्रह गरेका छन्
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ साउन २०८१, ०६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका मुख्यमन्त्रीसँग मन्त्री रावलले गरिन् छलफल
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा