काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । जसमा कपिलवस्तु, बाणगंगा नगरपालिका-११ ओदारीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाणगंगा नगरपालिका-२ पिपरा बस्ने ३९ वर्षीय यादव राना र ३७ वर्षीय सुमन पुन रहेका छन् । अस्थायी प्रहरी पोष्ट ओदारीबाट खटिएको प्रहरीले तौलिहवाबाट जितपुरतर्फ जाँदै गरेको लु.८६ प ३००७ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी रूपनी गाउँपालिका-६ बस्ने २५ वर्षीय जिवन प्रकाश साह र बिराटनगर महानगरपालिका-१३ जतुवा बस्ने २६ वर्षीय श्रवण खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ००१-००५ प ०६४४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ शिवनगर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने २० वर्षीय दिपक थापामगर र टिकापुर नगरपालिका-४ बस्ने ३० वर्षीय आशिष चौधरी रहेका छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तौ मकवानपुर, मनहरी गाउँपालिका-९ जैसिङबाट अवैध लागूऔषध गाँजा करिब ७० किलोग्राम सहित राक्सिराङ गाउँपालिका-३ लावती बस्ने १९ वर्षीय साजन प्रजालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ज्यामिरे नेवारपानीबाट खटिएको प्रहरीले उनलाई बोरामा लुकाई ल्याउँदै गरेको उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।
त्यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ ४ सय १० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने २४ वर्षीय गणेश परियारलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आँउदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बाँसगढी नगरपालिका-८ ककौरा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय प्रकाश थारू र २१ वर्षीय सोम प्रसाद थारू रहेका छन् । अस्थायी प्रहरी पोष्ट ककौराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम २ सय मिलिग्राम सहित सुर्खेत बिरेन्द्रनगर नगरपालिका-१ बस्ने २४ वर्षीय गणेश नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै महोत्तरी, सोनमा गाउँपालिका-३ स्थित मरहा खोलाको किनारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित भारत सितामढी भेडहिया ग्राम पञ्चायत-५ भगवतिपुर बस्ने ६० वर्षीय शिवजी साहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैयरवनी र प्रहरी चौकी रघुनाथपुरबाट खटिएको संयुक्त प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३० एम ७९७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगामा लागुऔषध नियन्त्रण अभियान, यात्रुवाहक बसबाट एक व्यक्ति पक्राउ
गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ
पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ
मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
सीमामा उच्च सुरक्षा सतर्कता, वीरगञ्जमा लागुऔषधसहित दुई पक्राउ