काठमाडौँ । प्रहरी प्रधान कार्यालयले लेखापालहरुको सरुवा गरेको छ । एउटा कार्यालयमा दुई वर्ष काम गरेका र लेखापालको पदावधि साढे ५ वर्ष पुरा गरेकाहरूलाई सरुवा गरिएको छ ।
विशेष ब्युरोको लेखा प्रमुखमा इन्स्पेक्टर टिकराम राईलाई पठाइएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा डेकेन्द्र शर्मा, मधेस प्रदेश प्रहरी कार्यालयमा दिनेश प्रसाद खरेल, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा दीपेन्द्र भट्ट र अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा इन्स्पेक्टर दीपेश खरेल सरुवा भएका छन् ।
महाराजगन्ज स्थित प्रहरी अस्पतालमा ध्रुव बहादुर विष्टलाई सरुवा गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयमा निशेष चापागाईँ र बागमती प्रदेशमा प्रकाश शाहलाई पठाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विजय बहादुर घले आएका छन् ।
प्रहरी प्रधान कार्यालय स्थित कल्याण महाशाखामा रविन ढकाल र केन्द्रीय अनुसन्धान ब्युरोमा रवीन्द्र थापालाई पठाइएको छ । शेखर जङ्ग मल्ललाई कोशी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
इन्स्पेक्टर सविन कुमार सङ्ग्रौला राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा र वरिष्ठ सई अजय कुमार खनाल मुस्ताङमा सरुवा भएका छन् । बाँकेमा वरिष्ठ सई कमलकान्त पुनलाई पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ साउन २०८१, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)