काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशमा विशेष अभियान चलाउने भएको छ । बिहीबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले अभियान विभागका प्रमुख विपिन आचार्यको नेतृत्वमा अभियान चलाउने निर्णय गरेको हो । आगामी भदौ दोस्रो साताबाट अभियान चलाउने तयारी रहेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकले पार्टीको विधान परिमार्जनका लागि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदललाई ९० दिनको समय दिइएको छ ।
समसामयिक राजनीति, कार्यशैली लगायतका विषयमा समीक्षा गर्न क्लोज क्याम्प गर्ने रास्वपाको निर्णय छ भने अरनिको पाँडेलाई फेरि केन्द्रीय सदस्य मनोनित गरेको छ । यसअघि राष्ट्रिय योजना आयोगको सदस्य भएपछि पाँडेले रास्वपा छाडेका थिए । योजना आयोगबाट राजीनामा दिएपछि पुन: पार्टीमा सक्रिय भएका हुन् ।
बैठकले पार्टीको सम्बन्धमा सार्वजनिक बहसमा आएका विषयमा अध्ययन अनुसन्धानका लागि केन्द्रीय अनुशासन आयोगलाई अनुरोध गर्ने निर्णय गरेको कार्यबाहक प्रवक्ता झाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० साउन २०८१, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा
भिजिट भिसा ठगीको आरोपमा डीपी अर्यालविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी
रास्वपाद्वारा २५ जना केन्द्रीय सदस्य मनोनीत गर्नेबारे छलफल
गृहमन्त्रीलाई रास्वपाको प्रश्न - मानव तस्करीमा अनुसन्धान नै नगर्ने गरी ९ बुँदे कार्यादेश किन बनाइयो ?
संसद अवरोध जारी राख्ने रास्वपाको निर्णय
रास्वपा संसदीय दलको बैठक बस्दै