काठमाडौं । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बहिष्कार गरेका छन् । समितिका सभापति राजकिशोर यादवसँग बोल्ने क्रममा चर्काचर्की परेपछि उनी बैठक छाडेर हिँडेका हुन् ।
आज नेपालको हवाई सुरक्षालगायतको विषयमा छलफल थियो । किराती बोल्ने क्रममा सभापति यादवले विषयवस्तुमा केन्द्रित भएर टेक्निकल पक्षमा विचार राख्न भन्दै रोकेपछि उनी आक्रोशित बने । एजेण्डाका कुरा गर्न नमिल्ने भए किन बैठक राखेको ? भन्दै सुदनले सभापतिमाथि प्रश्न गरे ।
बैठकबाट उठ्दै उनले भने, ‘बोल्न नमिल्ने भए एजेण्डा किन राख्नुभयो ? अरुलाई बोल्न दिने मलाई चाहिँ टेक्निकल कुरा गर भन्ने, कुनै टेक्निसियन होइन, राजनीतिक गरेर आएको हुँ । अन्य सांसदहरूले पनि बसेर आफ्नो कुरा राख्न आग्रह गरेपछि किराती बोल्न नदिएको भन्दै कड्किएर बाहिरिएका छन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० साउन २०८१, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अग्रज पुस्ता पार्टी नेतृत्वबाट बिदा नभए बिद्रोह हुन्छ: सुदन किराँती
‘समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थालौँ’: सुदन किराती
समयअनुसार पार्टी रूपान्तरणको अभियान थालौँ : किराती
जीएसआईबारे के भएको हो प्रधानमन्त्रीले जवाफ दिनुपर्यो: सुदन किराती
विप्लव र सुदन किरातीबिच भेटवार्ता
प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिविरुद्ध सशक्त प्रतिवाद गरौँ : सुदन किराती