काठमाडौं । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बहिष्कार गरेका छन् । समितिका सभापति राजकिशोर यादवसँग बोल्ने क्रममा चर्काचर्की परेपछि उनी बैठक छाडेर हिँडेका हुन् ।
आज नेपालको हवाई सुरक्षालगायतको विषयमा छलफल थियो । किराती बोल्ने क्रममा सभापति यादवले विषयवस्तुमा केन्द्रित भएर टेक्निकल पक्षमा विचार राख्न भन्दै रोकेपछि उनी आक्रोशित बने । एजेण्डाका कुरा गर्न नमिल्ने भए किन बैठक राखेको ? भन्दै सुदनले सभापतिमाथि प्रश्न गरे ।
बैठकबाट उठ्दै उनले भने, ‘बोल्न नमिल्ने भए एजेण्डा किन राख्नुभयो ? अरुलाई बोल्न दिने मलाई चाहिँ टेक्निकल कुरा गर भन्ने, कुनै टेक्निसियन होइन, राजनीतिक गरेर आएको हुँ । अन्य सांसदहरूले पनि बसेर आफ्नो कुरा राख्न आग्रह गरेपछि किराती बोल्न नदिएको भन्दै कड्किएर बाहिरिएका छन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० साउन २०८१, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नेतृत्व व्यक्ति केन्द्रित नभई प्रक्रिया र समस्यामुखी हुनुपर्छ’ : सुदन किराँती
हर्कजस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाऔं, हाइब्रिड नेताले सुख दिएन : सुदन किराती
श्रम संस्कृतिबाट कोशीमा सुदन किरातीलाई मुख्यमन्त्री बनाउन अध्यक्ष साम्पाङले मागे राय
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश
सुकुम्वासी व्यवस्थापन र प्रशासनिक शैलीबारे सुदन किराँतीको टिप्पणी
सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा