काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या एक हजार ८०० नाघेको छ । सन् २०२४ जनवरीयता जुलाई २२ सम्म एक हजार ८२५ जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।
तीमध्ये जुलाईका २२ दिनमा ३३९ संक्रमित थपिएका हुन् । यो वर्ष (२०२४) डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५९३ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै २०९ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । यस्तै, झापामा १२९, चितवनमा ९३, मकवानपुरमा ७४, तनहुँमा ५९, ओखलढुंगामा ५७, धनकुटामा ५७, भोजपुरमा ५४, काभ्रेमा ५१, कास्कीमा ५० जनामा डेंगी पुष्टि भएको छ ।
यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० साउन २०८१, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानीज इन्सेफ्लाइटिसबाट तीनको मृत्यु, नौ जनामा डेंगी संक्रमण
डेंगी नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेघा अभियान
बैतडीमा सातजनामा डेंगी पुष्टि
प्रधानमन्त्री कार्यालय परिसरमा सरसफाइ : डेंगी नियन्त्रणका लागि संघीय निर्णयअनुसार अभियान सुरु
डेंगी नियन्त्रण गर्न घरदैलो अभियान
मुख्यसचिव अर्यालले सुरु गरे लामखुट्टेको लार्भा मार्ने अभियान