काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।
बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बस्नेछ । बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने बारेमा छलफल हुनेछ ।
केन्द्रीय सदस्यका लागि प्रदेशहरूले पठाएका नाममा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेता प्रमेश हमाललगायत नेताहरूले छनोट गरेर केन्द्रीय कमिटी बैठकमा नामहरू पेस गर्ने बताइएको छ ।
यसअघि असार २१ गते सकिएको १० राष्ट्रिय महाधिवेशनमा अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा भए पनि बाँकी केन्द्रीय सदस्य १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने घोषणा नेताहरूले गरेपनि उक्त समयमा कमिटीलाई पूर्णता दिन नेताहरू असफल भएका छन् ।
साथै पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० साउन २०८१, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै
मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई मन्त्रीले लिए शपथ
एकीकृत समाजवादीलाई एकतामा आउन ओलीको प्रस्ताव