काठमाडौँ । एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि सारेको छ । यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै भए पनि एमाले केन्द्रको निर्देशनमा आचार्यलाई अघि बढाइएको हो ।
एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले आचार्य मुख्यमन्त्री बन्ने पुष्टि गरे । अब बन्ने मुख्यमन्त्री आचार्यले दलको नेता लीला गिरी भए पनि मुख्यमन्त्रीमा आफूले दाबी पेश गर्न लागेको बताए । काँग्रेस नेता डिल्ली चौधरी आएपछि प्रदेश प्रमुखकहाँ जाने उनले सुनाए ।
संसदीय दलका नेता लीला गिरी पार्टी उपाध्यक्ष तथा संघीय अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन् । पौडेल निकट गिरीलाई अचानक पछाडि पार्दै आचार्य मुख्यमन्त्री बन्नुका पछाडि केन्द्रको चासो र निर्देशनले काम गरेको निकटस्थ नेताहरुले बताए ।
काँग्रेस एमाले गठबन्धनकै समझदारी लागू हुने भएकाले आचार्यलाई स्वतः बहुमत मिल्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ साउन २०८१, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको दाबी : निर्वाचन प्रतिस्पर्धा काँग्रेससँग केन्द्रित, रास्वपाको प्रभाव सीमित
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
पब्लिक डिबेटका लागि तयार भएका ओलीले भने : 'एमाले देश बनाउने तर्फबाट मैदानमा छ'
दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश
मनाङमा एमाले र राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
ओखलढुंगामा एमालेको असन्तुष्टि झन् चर्किदो, बहुसंख्यक नेता आज नेकपामा समाहित हुँदैं