काठमाडौं । पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका-६ का २६ वर्षीय ईश्वर परियार छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान करिब पौने ६ बजेको समयमा दुर्घटना भएको थियो । ग ३ च ३४५७ नं. को हाइलक्स गाडी र ग ११ प ९१ नं को मोटरसाइकल एकअर्कामा ठोक्किँदा मोटरसाइकलमा सवार परियार घाइते भएका थिए ।
उचारका लागि गण्डकी मेडिकल कलेजमा पठाए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाइलक्स चालक बर्दिया ठाकुरबाबा नगरपालिका-८ स्थायी घर भई हाल पोखरा बस्ने ३० वर्षीय सुशिल दहितलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, २ जना घाइते
सवारी दुर्घटनामा एकजनाको मृत्यु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु