काठमाडौ । बंगलादेशमा विद्यार्थी आन्दोलन हिंसात्मक बन्न थालेपछि झण्डै ८ सय नेपाली विद्यार्थीले बंगलादेश छाडेको सरकारले जानकारी गराएको छ।
परराष्ट्र मन्त्रालयले शनिबार ढाका विमानस्थल र सम्बन्धित सीमा नाकाहरूबाट विद्यार्थीहरूलाई सुरक्षित नेपाल फर्कन समन्वय भइरहेको जानकारी पनि दिएको छ।
सरकारी जागिरमा आरक्षणको विरोध गर्दै भएको प्रदर्शनले हिंसात्मक रूप लिएपछि बंगलादेश छाड्नेको संख्या बढेको छ। त्यस क्रममा नेपाली विद्यार्थी पनि स्वदेश फर्कन थालेका हुन्।
‘बंगलादेशका विश्वविद्यालय तथा सम्बन्धित कानुन कार्यान्वयन गर्ने निकायहरूसँग नजिकबाट समन्वय गर्दै आएको छ,’ परराष्ट्र मन्त्रालयले भनेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, ०६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला