काठमाडौ । बंगलादेशमा विद्यार्थी आन्दोलन हिंसात्मक बन्न थालेपछि झण्डै ८ सय नेपाली विद्यार्थीले बंगलादेश छाडेको सरकारले जानकारी गराएको छ।
परराष्ट्र मन्त्रालयले शनिबार ढाका विमानस्थल र सम्बन्धित सीमा नाकाहरूबाट विद्यार्थीहरूलाई सुरक्षित नेपाल फर्कन समन्वय भइरहेको जानकारी पनि दिएको छ।
सरकारी जागिरमा आरक्षणको विरोध गर्दै भएको प्रदर्शनले हिंसात्मक रूप लिएपछि बंगलादेश छाड्नेको संख्या बढेको छ। त्यस क्रममा नेपाली विद्यार्थी पनि स्वदेश फर्कन थालेका हुन्।
‘बंगलादेशका विश्वविद्यालय तथा सम्बन्धित कानुन कार्यान्वयन गर्ने निकायहरूसँग नजिकबाट समन्वय गर्दै आएको छ,’ परराष्ट्र मन्त्रालयले भनेको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, ०६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
बंगलादेशमा आम चुनावको मिति घोषणा
शान्त बंगलादेश : हसिनामाथिको मृत्युदण्डपछि राजधानीमा सामान्य अवस्था
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना दोषी ठहर, मृत्युदण्डको सजाय
शेख हसिना विरुद्धको फैसलाअघि बंगलादेशमा कडा सुरक्षा