काठमाडौं । बंगलादेशमा जारी सरकारी जागिरको कोटाविरोधी प्रदर्शन दबाउन सेनाले कर्फ्यु जारी गरेको छ । जर्मनीको विश्व च्यानल डीडब्ल्यूका अनुसार आइतबार बिहान १० बजेसम्म यस्तो उर्दी जारी गरिएको छ ।
कोटाविरोधी प्रदर्शनहरुमा बंगलादेशका कम्तीमा १५० को मृत्यु भएको बताइएको छ । शनिबार सरसामान किन्न केही घण्टा खुकुलो बनाइएको कर्फ्युलाई अहिले पुनः कडाइ गरिएको छ ।
यस्तै बंगलादेशमा इन्टरनेट र इन्टरनेटबाट सञ्चालन हुने म्यासेजिङ सेवाहरु पनि बन्द गरिएको छ । शुक्रबार प्रदर्शनकारीहरुले एक जेल तोडेर ८५० कैदी निकालेर आगो लगाएका थिए ।
सरकारी टेलिभिजनको समाचारसँग असन्तुष्ट समूहले बिहीबार टेलिभिजनमा आगजनी पनि गरेका थिए । बंगलादेशमा लागू भएको ५६ प्रतिशत कोटा घटाएर १० प्रतिशतमा झार्नुपर्ने भन्दै अहिले आन्दोलन चर्किएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ साउन २०८१, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला