काठमाडौं । बंगलादेशमा जारी सरकारी जागिरको कोटाविरोधी प्रदर्शन दबाउन सेनाले कर्फ्यु जारी गरेको छ । जर्मनीको विश्व च्यानल डीडब्ल्यूका अनुसार आइतबार बिहान १० बजेसम्म यस्तो उर्दी जारी गरिएको छ ।
कोटाविरोधी प्रदर्शनहरुमा बंगलादेशका कम्तीमा १५० को मृत्यु भएको बताइएको छ । शनिबार सरसामान किन्न केही घण्टा खुकुलो बनाइएको कर्फ्युलाई अहिले पुनः कडाइ गरिएको छ ।
यस्तै बंगलादेशमा इन्टरनेट र इन्टरनेटबाट सञ्चालन हुने म्यासेजिङ सेवाहरु पनि बन्द गरिएको छ । शुक्रबार प्रदर्शनकारीहरुले एक जेल तोडेर ८५० कैदी निकालेर आगो लगाएका थिए ।
सरकारी टेलिभिजनको समाचारसँग असन्तुष्ट समूहले बिहीबार टेलिभिजनमा आगजनी पनि गरेका थिए । बंगलादेशमा लागू भएको ५६ प्रतिशत कोटा घटाएर १० प्रतिशतमा झार्नुपर्ने भन्दै अहिले आन्दोलन चर्किएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ साउन २०८१, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
बंगलादेशमा आम चुनावको मिति घोषणा
शान्त बंगलादेश : हसिनामाथिको मृत्युदण्डपछि राजधानीमा सामान्य अवस्था
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना दोषी ठहर, मृत्युदण्डको सजाय
शेख हसिना विरुद्धको फैसलाअघि बंगलादेशमा कडा सुरक्षा