काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित ३ जनालाई पक्राउ गरेको छ । सुन संकलन गरेर लैजान लागेको अवस्थामा ५२ ग्राम पहेँलो धातुको बाला २ थान, औँठी १ थान र चन्द्र बिन्दु १ थान बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेहरूमा बागलुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवती गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बाराको जितपुर सिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव देवन छन् ।
हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई ९–९ हजार रुपैयाँ दिएर भन्सार छली गरेको सुन साहेवले अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियामा संकलन गरेका हुन् ।आरोपीहरुलाई कानुनी कारबाहीका लागि प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ साउन २०८१, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ