काठमाडौँ । बंगलादेशमा इन्टरनेट सेवा बन्द भएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूसँगको सम्पर्क टुटेको छ ।कोटा विरोधी प्रदर्शन हिंसात्मक बन्दै गएपछि बंगलादेश सरकारले इन्टरनेट तथा टेलिफोन सेवा बन्द गरेको हो । जसले गर्दा एकअर्कामा सम्पर्क हुन सकेको छैन ।
नेपालमा फोन सम्पर्क नहुँदा विद्यार्थीहरू तथा घर परिवारमा चिन्ता छाएको छ । कतिपय विद्यार्थी भने नेपाल फर्किएको र केहि विद्यार्थी सडक मार्गबाट भारत हुँदै नेपाल फर्किँदै गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
हवाई मार्गबाट आउन खोज्ने विद्यार्थीको हकमा भने इन्टरनेट सेवा बन्द हुँदा हवाई टिकट काट्न समस्या भएको मन्त्रालयको भनाइ छ । मन्त्रालयले नेपाली विद्यार्थीहरू हालसम्म सुरक्षित रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता अमृत बहादुर राईले अहिलेसम्म सुरक्षित रहेको र केही विद्यार्थी नेपाल फर्किसकेको बताए ।
इन्टरनेट सेवा बन्द भएपछि बंगलादेशस्थित नेपाली दूतावाससँग निरन्तर सम्पर्क भइरहेको उनले बताए । ‘दूतावाससँग निरन्तर सम्पर्क भइरहेको छ । घर फर्किन चाहने विद्यार्थीलाई दूतावासले सहजिकरण पनि गरिरहेको छ । हवाई र सडक मार्ग हुँदै समेत विद्यार्थीहरू आइरहेका छन्,’ प्रवक्ता राईले भने ।
बंगलादेशमा ३ हजार ५ सयदेखि ४ हजारको हाराहारी नेपाली विद्यार्थी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ साउन २०८१, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला