काठमाडौँ । बंगलादेशमा इन्टरनेट सेवा बन्द भएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूसँगको सम्पर्क टुटेको छ ।कोटा विरोधी प्रदर्शन हिंसात्मक बन्दै गएपछि बंगलादेश सरकारले इन्टरनेट तथा टेलिफोन सेवा बन्द गरेको हो । जसले गर्दा एकअर्कामा सम्पर्क हुन सकेको छैन ।
नेपालमा फोन सम्पर्क नहुँदा विद्यार्थीहरू तथा घर परिवारमा चिन्ता छाएको छ । कतिपय विद्यार्थी भने नेपाल फर्किएको र केहि विद्यार्थी सडक मार्गबाट भारत हुँदै नेपाल फर्किँदै गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
हवाई मार्गबाट आउन खोज्ने विद्यार्थीको हकमा भने इन्टरनेट सेवा बन्द हुँदा हवाई टिकट काट्न समस्या भएको मन्त्रालयको भनाइ छ । मन्त्रालयले नेपाली विद्यार्थीहरू हालसम्म सुरक्षित रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता अमृत बहादुर राईले अहिलेसम्म सुरक्षित रहेको र केही विद्यार्थी नेपाल फर्किसकेको बताए ।
इन्टरनेट सेवा बन्द भएपछि बंगलादेशस्थित नेपाली दूतावाससँग निरन्तर सम्पर्क भइरहेको उनले बताए । ‘दूतावाससँग निरन्तर सम्पर्क भइरहेको छ । घर फर्किन चाहने विद्यार्थीलाई दूतावासले सहजिकरण पनि गरिरहेको छ । हवाई र सडक मार्ग हुँदै समेत विद्यार्थीहरू आइरहेका छन्,’ प्रवक्ता राईले भने ।
बंगलादेशमा ३ हजार ५ सयदेखि ४ हजारको हाराहारी नेपाली विद्यार्थी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ साउन २०८१, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
बंगलादेशमा आम चुनावको मिति घोषणा
शान्त बंगलादेश : हसिनामाथिको मृत्युदण्डपछि राजधानीमा सामान्य अवस्था
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना दोषी ठहर, मृत्युदण्डको सजाय
शेख हसिना विरुद्धको फैसलाअघि बंगलादेशमा कडा सुरक्षा