विराटनगर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी सरकार नछाड्न प्रदेशका नेतालाई निर्देशन दिएका छन् । आफूलाई भेट्न बिहीवार ललितपुरको खुमलटारस्थित आफ्नै निवासका आएका कोशी प्रदेश माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।
भेटमा अध्यक्ष प्रचण्डले कोशी सरकारबारे मुख्यमन्त्रीले चाहेसम्म सहकार्यलाई निरन्तरता दिन निर्देशन दिएको नेता आङ्बोले बताए ।भेटमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको नेता आङ्बोले जानकारी दिए ।
‘भेटमा प्रचण्डले दलाल पूँजीपति र बिचौलियाले सरकार बदलेको तथा उनीहरू निकै शक्तिशाली रहेको बताउनु भयो,’ उनले भने, ‘बेचन झा पक्राउ पछिल्लो निर्णायक कारण बनेको उहाँको भनाइ थियो ।’धितोपत्र बोर्डको अध्यक्ष चयन प्रकरणले बिचौलियाहरू एकठाउँमा आएकाले आफू नेतृत्वको सरकार ढलेको पनि प्रचण्डले आङ्बोसँग बताएका थिए ।
‘अध्यक्ष र कोशी प्रदेशमा प्रदेश पार्टीका साथीहरूसँगको छलफलपछि नै अहिलेसम्म हामी सरकारमा बसेका छौँ,’ उनले भने, ‘हामीले मुख्यमन्त्रीसँग सहमति गरेर यो सरकार बनाएका हौँ । उहाँले चाहेसम्म हाम्रो सहकार्य र साथ रहन्छ ।’
कोशीमा माओवादीका तीन मन्त्री रहेका छन् । यता नेकपा (एमाले)बाट मुख्यमन्त्री बनेका हिक्मत कार्कीले पनि उनीहरूलाई नहटाइ सहमतिको सरकार बनाउन सकिने बताउन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ साउन २०८१, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवेक पुर्याएरै सत्तारुढ दलसँग समझदारी गरेका हौं : प्रचण्ड
प्रचण्ड र पूर्णबहादुरबीच छलफल जारी
भूकम्प प्रभावितको पुनर्स्थापना गर्न सरकारलाई आग्रह गर्छु : प्रचण्ड
प्रचण्ड र देउवाबिच टेलिफोन कुराकानी
प्रचण्ड र सुदूरपश्चिम संसदीय दलका नेताहरूबिचको छलफल स्थगित
छिट्टै ठूलो आन्दोलन हुँदै छ, तयार रहनूः प्रचण्ड