गोरखा । गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति गरेपछि सडक अवरुद्ध भएको छ ।
भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोलाको डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।
गत वर्ष निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति गरेको हो । भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याबिन वाल’ पनि बगाएको छ । पुल भत्किएपछि बेनिघाट–आरुघाट सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।
सडक अवरुद्ध हुँदा काठमाडौँबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारीसाधान चल्न सकेका छैनन् ।
सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न पनि असहज भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ साउन २०८१, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा लामो जाम, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
'अत्यावश्यक काम नपरी नारायणगढ-मुग्लिन-मलेखु सडकमा यात्रा नगर्नू'
मुग्लिन नारायणगढ सडक सञ्चालन
वर्षाका कारण दाउन्नेमा सडक अवरुद्ध
सडकका थप २५ ठेक्का तोड्न सार्वजनिक सूचना
सडक रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु, १७ वटा ठेक्का तोडिँदै