काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ७०.१८ अंकले बढेको छ। नेप्से परिसूचक एकैदिन ७०.१८ अंकले बढ्दै बजारमा उत्साह छाएको हो । यस दिन २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनेबच हुँदै ९ अर्ब १८ करोड ८६ लाख बराबरको कारोबार भएको छ ।
सेयर बजारमा उत्साह छाएको आजको दिन नेप्से २ हजार ३१०.५९ को बिन्दुमा पुग्दा ५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । तर, यही दिन तीन वटा कम्पनीको सेयर भने १० प्रतिशतले घटेको पनि नेप्सेले जनाएको छ ।
यस दिन म्युचुअल फण्डबाहेक सबै उपसूचकहरु बढेका छन् । अर्थमन्त्री पौडेलले पदभार ग्रहणको दिन सोमबार भने नेप्से १७.१८ अङ्कले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ साउन २०८१, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो