काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शहीद गङ्गालाल हृदय रोग केन्द्रलाई ५०० शय्यामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताएका छन् । मन्त्रालयको पदभार सम्हाले लगत्तै शहीद गङ्गालाल हृदय केन्द्र पुगेका मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका पौडेल गङ्गालालको वस्तुस्थितिबारे जानकारी लिन त्यहाँ पुगेका हुन् । मन्त्री पौडेलले केन्द्रका कार्यकारी निर्देशकलगायत कर्मचारीहरूसँग छलफल गरी अन्य विभिन्न विषयमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
सो क्रममा गङ्गालाल अस्पताललाई ५०० शय्यामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताए । उनले अन्य ६ वटै प्रदेशमा समेत हृदय रोग केन्द्रको स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ साउन २०८१, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा
‘प्रसूति गृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर हो’: स्वास्थ्यमन्त्री पौडेल
प्रत्यारोपणका नीति नियमलाई खुकुलो बनाउन आवश्यक छ: स्वास्थ्यमन्त्री पौडेल
सरकारले मात्रै नि:शुल्क स्वास्थ्य र शिक्षा उपलब्ध गराउन सक्दैन : स्वास्थ्यमन्त्री पौडेल
१३ महिना भयो स्वास्थ्य जनशक्ति बढाउन पहल गरेको, सकेको छैन: स्वास्थ्यमन्त्री पौडेल
नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार जरुरी छः स्वास्थ्यमन्त्री पौडेल