काठमाडौँ । प्रतिनिधिसभा बैठकको समय फेरि परिवर्तन गरिएको छ । सोमबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठकको समय संघीय संसद् सचिवालयले परिवर्तन गरेर दिउँसो ४ बजेका लागि सारेको हो ।
असार ३१ गते सोमवार दिनको १ बजे वस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले सभाको अर्को बैठक मिति २०८१ साल असार ३१ गते सोमबार दिनको ४ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ’, संसद् सचिवालयले प्रकाशित गरेको सूचनामा भनिएको छ ।
यसअघि आइतबार निर्धारित बैठक स्थगित गरेर सचिवालयले सोमबार १ बजेका लागि नयाँ मिति तय गरेको थियो । सत्ता परिवर्तनका कारण प्रतिनिधिसभाको बैठक पनि प्रभावित भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् । उनको शपथ भने सोमबार हुने भएकाले संसद् पनि सारिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० असार २०८१, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपाको अवरोध
डोलप्रसाद र रामहरिबीच संसदमा चर्काचर्की
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध
शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सर्यो
भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्न माओवादीको माग