काठमाडौँ । काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू मन्त्री भएर आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान गर्न आग्रह गरेका छन् ।
मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूमाथि पनि विभिन्न प्रश्न उठिरहेको बताए । उनले भने, ‘मेरो विषयमा पनि धेरै कुरा उठेका छन्, यहाँहरू सबै साक्षी हुनुहुन्छ मैले आजसम्म मेरो विषयमा यो गर्नुस् त्यो नगर्नुस् भनेको छैन । न कसैको सरुवा गर्नुस् भनेको छु । न मैले मेरो फाइल कहाँ रहेछ भनेर कुनै माध्यमबाट भनेको छु । तर, पनि मन्त्री भएको कारणले तपाईँहरूलाई केही अप्ठ्यारो परेको रहेछ भने गहन अनुसन्धान गर्नुस् ।’
उनले गल्ती गर्ने जो भए पनि बच्नु बचाउनु नहुने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० असार २०८१, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने