काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समूहले कम्तीमा चार मन्त्रीको माग गर्ने भएको छ । विशालनगरस्थित कोइरालाको सचिवालयमा बसिरहेको बैठकले कांग्रेसले पाउने कूलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीका अनुसार समूहले चार मन्त्री माग गर्ने र समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको छ ।
बैठकमा शेखर कोइरालाका साथै गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० असार २०८१, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक
कांग्रेसका महाधिवेशन प्रतिनिधि ‘खोसाखोस’ !
राष्ट्रिय सभामा काँग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित
काँग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको तयारी तिव्र : १८ वटा उपसमिति गठन, विशेष महाधिवेशन महामन्त्रीद्दयले आजै आह्रवान गर्ने
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै