काठमाडौँ। सिन्धुलीको गोलान्जोर गाउँपालिका–७ मा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।सर्लाहीबाट काठमाडौं आउँदै गरेको विङगर हायस आज बिहान पौने १२ बजे सुनकोशी मरीन डाईभर्सन ईलाकामा दुर्घटना भएको हो ।
दुर्घटनास्थलमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपत व्यवस्थापन सुरक्षा बेश खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ४ जना गोताखोरसहित ७ जना र नेपाल प्रहरीको टोली खटिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिए ।
उनका अनुसार घाइतेलाई स्थानीय जीवन अस्पताल खुर्कोट पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असार २०८१, १३ : ५४
लेखकबाट थप