काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले कांग्रेस एमालेमा नैतिकता नभएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्न उपस्थित भएका प्रचण्डले आफूले अल्पमतमा परेसँगै नैतिकता देखाएको भन्दै त्यस्तो नैतिकता तपाईँहरुले देखाउनुभयो नैतिकता भन्दै प्रश्न गरे ।
उनले भने, ‘अल्पमतमा परेपछि विगतमा एमाले नेतृत्वले कस्तो कस्तो र रणनीतिक महत्वका निर्णय गर्नुभयो । त्यो रेकर्ड इतिहासमा सुरक्षित छ त्यो कसैले मेटाएर मेटिँदैन ।’
कांग्रेसको हकमा पनि त्यही लागु हुने उनको भनाइ छ । डरले कांग्रेस र एमालेलाई जोडेको भन्दै उनले त्यो डर सुशासनको भएको बताए । उनले १७ गतेको सहमतिपछि सरकारलाई धम्क्याउने काम गरेको छ । उनले सरकारले कुनै दीर्घकालीन निर्णय नगरेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असार २०८१, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन