काठमाडौं। नेकपा एमालेले संविधानको धारा ७६(२) अनुसार नै नयाँ सरकार गठन हुने निर्णय गरेको छ ।एमालेको सचिवालय बैठकले बुधबार संविधान अनुसार ७६(२) अनुसार सरकार गठन गर्न कुनै बाधा नहुने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
अब असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत नपाउने र केपी शर्मा ओली सहजै प्रधानमन्त्री बन्ने पनि ज्ञवालीले बताए ।
कोशी प्रदेशको विषयमा सर्वोच्च अदालतको नजिर पनि विश्वासको मत नपाए ७६(२) अनुसार नै सरकार गठनमा बाधा नपर्ने रहेको उनले बताए ।
बैठकमा एमाले अध्यक्ष ओलीले कांग्रेस र एमालेबीच बराबरीको हैसियतमा सरकारमा सहभागिता रहने पनि बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ असार २०८१, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति
माइतीघरबाट एमालेको विरोध प्रदर्शन सुरु
एमालेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप
ओलीको पक्राउको विरोधमा एमालेद्वारा दिउँसो ३ बजे ७७ जिल्लामै शसक्त विरोध प्रदर्शनको आह्वान
एमाले अध्यक्ष ओली पक्राउपछि तनावः सडकमा उत्रिए आक्रोशित कार्यकर्ता
जेन जेड आन्दोलनका घटना बहालवाला न्यायाधीशबाट छानबिन गर्न एमालेको माग