काठमाडौँ। आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल गर्न बोलाइएको मधेश प्रदेश सभा बैठक जसपा नेपालले अवरुद्ध गरेको छ । सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै प्रतिपक्षी दल जसपा नेपालका सांसदहरू उठेर विरोध गरे । सो पार्टीका सांसद राजकुमार गुप्ताले सिस्टम ह्याक गरी ह्याकरले बजेट गडबड गरेको विषयमा छानबिन गर्नुपर्ने माग राखे ।
उनले भने, ‘तत्कालीन अर्थमन्त्री र सरकारले पनि बजेट ह्याक भएको स्वीकार गरिसकेको छ । त्यसैले छानबिन समिति गठन गरी छानबिन गर्नुपर्छ भन्ने हाम्रो माग छ ।’उनले दोषीमाथि कारबाही हुनुपर्ने पनि बताए । सभामुख मण्डलले बजेट ह्याक गरिएको विषयमा मुख्यमन्त्री, अर्थमन्त्री र माननीयहरूले घण्टौँ छलफल गरी अस्ति नै सहमति गरिसकेकाले पुनः दोहोर्याएर छलफल गर्नु ठिक हुन्छ र भन्ने प्रश्न गरेका थिए ।
तर, प्रतिपक्षी दलका सांसदहरूले छानबिन समिति गठन नभएसम्म बैठकको कामकारबाही अगाडि नबढाउन माग गरेपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असार २०८१, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको घोषणापत्र सार्वजनिक
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश
नेकपा नेता उमेश यादव जसपा नेपालमा प्रवेश
प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन
जसपा नेपाल र लोसपाबीच एकता गर्ने निर्णय