काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच संसद्मा भलाकुसारी भएको छ । आइतवार बसेको प्रतिनिधि सभा बैठकमा श्रेष्ठ र खड्काबीच भलाकुसारी भएको हो ।
श्रेष्ठ पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारकामा उपप्रधानसहित परराष्ट्र मन्त्री छन् । खड्का गत फागुन २० सम्म प्रचण्ड सरकारमा उपप्रधान एवं रक्षा मन्त्री थिए ।
केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्नेगरी कांग्रेस र एमालेबीच असार १७ गते सहमति भएपछि प्रचण्ड अल्पमतमा परेका छन् ।प्रचण्डले असार २८ गते विश्वासको मतको लागि प्रयास गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असार २०८१, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीभित्र संवादहीनता र सदस्यता विवादप्रति पूर्णबहादुर खड्काको आपत्ति
गणतन्त्र दिवसकै दिन नयाँ पार्टी घोषणा गर्ने तयारीमा खड्का समूह
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध पूर्णबहादुर खड्काको आपत्ति
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने