काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको नेकपा एमाले आइतबारदेखि प्रतिपक्षी बेन्चमा बसेको छ ।यस्तै, प्रचण्ड नेतृत्वको सकारलाई दिएको समर्थन फिर्ता गरेको जसपा नेपाल पनि प्रतिपक्षी बेन्चमा बसेको छ ।
एमालेले असार १९ गते सरकारलाई दिएको समर्थन फिर्ता गरेको थियो ।त्यसको जानकारी असार २१ गते संसद् सचिवालयलाई गराइएको थियो ।
कांग्रेस र एमालेबीच नयाँ सरकार गठनको सहमति भएसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरेको थियो ।अल्पमतमा परेका प्रचण्डले असार २८ गते संसद्मा विश्वासको मत माग्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असार २०८१, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एमालेद्वारा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता प्रदान गर्ने निर्णय
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
एमालेले गर्यो प्रदेश कमिटी र विभागमा मनोनयन, को-को परे ? (सूचीसहित)