काठमाडौं । अविरल वर्षाका कारण खसेको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सुनकोशी गाउँपालिका–२ कमिरेफाड र गोलञ्जोर गाउँपालिका–६ को अक्करेभीरमा पहिरो जाँदा गएरातिबाट सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाएर सडक सुचारु गराउने प्रयास भइरहेको सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असार २०८१, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीपी राजमार्गको डाइभर्सन बगायो, सवारी आवागमन अवरुद्ध
वीपी राजमार्ग अवरुद्ध
कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द
पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द
सडक भासिँदा मेची राजमार्ग अवरुद्ध, सवारी सञ्चालनमा रोक
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन