स्वस्थ मासु उत्पादनमा सरकारले निरुत्साहित गरेको आरोप

सफल खबर संवाददाता

सोमबार, १५ असोज २०७५, १९ : १८
स्वस्थ मासु उत्पादनमा सरकारले निरुत्साहित गरेको आरोप

काठमाडौँ । मासु व्यवसायीहरुले आफूहरुलाई स्वस्थ मासु उत्पादनमा सरकारले नित्साहित गरेको आरोप लगाएका छन् ।  सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वस्थ मासु उत्पादन गर्न सरकारी तवरबाटै मासु व्यवसायीलाई निरुत्सासहित बनाउने काम भएको उनीहरुले बताएका छन् । सरकारी निकायलले आफ्नो फाइदाका लागि चाडबाडका समयमा मात्र अनुगमन गर्ने व्यवसायीहरुको दावी गरेका छन् । स्वास्थ मासु उपभोक्तामाझ पु¥याउनुअघि जीवित पशुपंक्षी स्वस्थ छन् कि छैनन् भन्ने अनुगमन हुनुपर्ने बंगुर व्यवसायी संघका महासचिव डिल्लीराज पौडेलले माग गर्नुभयो ।

अनुगमनका क्रममा मासु व्यवसायलाई नकारात्मक रुपमा प्रस्तुत गरिएको भन्दै मासु व्यवासायीहरुले गुनासो गरे । उनीहरुले स्वस्थ मासु उत्पादनबारे सरकारले आफूहरुलाई सचेत गराउनु पर्ने पशु बदशाला व्यवसायी संघका महासचिव कृष्णहरि भट्टले माग गर्नुभयो । ढुवानी, भेटनरीजस्ता मापदण्डले मासु बजारीकरण हुन नसकेकाले सरकारले आन्तरिक उत्पादनलाई प्रोत्साहन हुने गरी नीति निर्माण गर्नुपर्ने माग गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस