एजेन्सी । । भारतका २४ ओटा विमानस्थल नागरिक सेवाका लागि बन्द गरिएका छन् । ती विमानस्थलमा मार्शल तैनाथ गरिएको छ ।
पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ ओटाविमानस्थल नागरिक सेवाका लागि बन्द गरिएको बीबीसीले जनाएको छ ।
नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस)ले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन दिएको छ ।
निर्देशन अनुसार, सबै विमानस्थलहरूमा सबै यात्रुहरूको जाँच गरिनेछ । टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको छ ।
एयर मार्शल तैनाथ गर्न निर्देशन दिइएको छ ।
एयर इन्डियाले बीसीएएसलाई उदृत गर्दै आन्तरिक यात्रुहरूले तीन घण्टाअगाडि विमानस्थल पुग्नुपर्ने बताएको छ । ७५ मिनेट अगाडि चेक–इन बन्द हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २६ बैशाख २०८२, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु
सिमकोट विमानस्थल चलायमान, एकै दिन १६४ उडान–अवतरण
ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प
कतारमा इरानी मिसाइल आक्रमणको प्रभाव त्रिभुवन विमानस्थलमा देखियो
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला