काठमाडौं । भारत अधीनस्थ काश्मीरको जम्मुमा बिहीबार विस्फोट हुनुका साथै साइरन बजेपछि दुवै पक्षले एकले अर्कोलाई आरोप लगाउने काम गरेका छन्।
भारतीय सेनाले पाकिस्तानले जम्मु र पन्जाबको सैन्य आधार शिविरमा लक्षित गर्दै मिसाइल प्रहार गरेको आरोप लगाएको छ। पाकिस्तानले यसलाई अस्वीकार गरेको छ।
पाकिस्तानले आफूहरूले आक्रमण गरेमा यसको बारे संसारलाई जानकारी दिने बताएको छ।
पाकिस्तानी रक्षामन्त्री ख्वाजा असिफले बिबिसीलाई अन्तरवार्ता दिँदै बिहीबार बेलुका आफ्ना धेरै मित्र राष्ट्रले संयमता अपनाउन आग्रह गरेकाले संयम भएको बताए।
अहिले भारतीय आक्रमणले सीमा पार गरेमा घोषित रूपमा नै आक्रमण गर्ने उनले ठहर गरे।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २६ बैशाख २०८२, ०६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल