काठमाडौ । प्रहरीले एक किलो दुई सय ४७ ग्राम अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–१६ ठमेलस्थित एक होटलबाट कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तान्जानियाका नागरिक ४६ वर्षीय रामधानी सिम्बा मवाबुम्बा र ५२ वर्षीय तवालिब किपेवु पशुआ छन्। उनीहरुलाई कोकिनका ७२ क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्लास्टिक कोटेड कोकिनका क्याप्सुल उनीहरुले इथियोपियामा पुगी निलेर काठमाडौँ आएको अनुसन्धानमा खुलेको ब्यूरोले जनाएको छ।
बरामद लागूऔषधको अन्दाजी बजार मूल्य रु चार करोड ३७ लाख बराबर रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० असार २०८१, ०६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ