सिरहा । पोखरीमा डुबेर सिरहामा दुई बालकको मृत्यु भएको छ। नरहा गाउँपालिका ३ खोरियाटोलका शुशील मण्डलको छोरा ६ वर्षीय राहुल मण्डल र सुशीलकै भान्जा करिब ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार करिब ११ बजेदेखि हराइरहेका दुवै बालकको मंगलबार बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृतावस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए।प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लगेको छ ।
यस क्षेत्रमा जथाभाबी ग्राभेल उत्खनन गरिँदा बनेको खाल्डोमा जमेको पानीमा डुबेर बर्सेनि बाल बालिकाको मृत्यु हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ असार २०८१, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु