सुर्खेत । सुर्खेत-जुम्ला जोड्ने कर्णाली राजमार्ग अवरुद्ध भएको छ। गएराति भएको बर्षाले पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दैलेख र कालीकोटको सिमानामा पर्ने दहीखोला र कालेखोला बीचको सडक अवरुद्ध भएको हो।
दैलेख-कालीकोट खण्ड अवरुद्ध हुँदा यो मार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प छन्।
राजमार्ग अवरुद्ध भएकोबारे बिहान सवा ६ बजे प्रहरीलाई खबर भएको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल न्यौपानेले जानकारी दिए।
दहीखोला र कालेखोलाको बीचमा बाहेक दैलेख खण्डकै पादुका र साँगेतडाको बीचमा पाँच ठाउँमा सडक अवरुद्ध भएको डिएसपी पोखरेलले जानकारी दिए।
दैलेख खण्डमा जनपद र सशस्त्र प्रहरी बाटो खुलाउन खटिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ असार २०८१, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सडक भासिँदा मेची राजमार्ग अवरुद्ध, सवारी सञ्चालनमा रोक
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन
बीपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन
बाढी-पहिरोको कारण अझै कुन-कुन राजमार्ग अवरुद्ध छन् ?
बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी
आज कुन-कुन राजमार्ग छन् अवरुद्ध ? (सूचीसहित)