काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ छलफलका लागि पेस गर्नेछन् ।
उक्त विधेयकमाथिको छलफलपछि आजै पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ असार २०८१, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता
भ्रष्टाचार काण्ड लुकाउन राजावादीले आतङ्क मच्चाए भनिँदैछ : सांसद सिंह
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् सम्भावित कार्यसूची ?
प्रतिनिधिसभाको बैठक बस्दै, के–के छन् कार्यसूची ?
१९ वैशाखमा नीति तथा कार्यक्रम, २८ मा प्रिबजेट