एसपी विष्टसहित तीनैजनाको डीएनए नमिलेपछि यस्तो आयो निर्मलका बाबुको प्रतिक्रिया

सफल खबर संवाददाता

आइतबार, १४ असोज २०७५, १२ : ४२
एसपी विष्टसहित तीनैजनाको डीएनए नमिलेपछि यस्तो आयो निर्मलका बाबुको प्रतिक्रिया

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको ‘भेजिनल स्वाव’ र तत्कालिन कञ्चनपुरका एसपी डिल्लीराज बिष्टसहित अन्य दुईजनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएपछि निर्मलाका बाबु यज्ञराजले घटनाको अनुसन्धानका नाममा सरकारले आँखामा छारो हालेको बताएका छन् ।

‘यो सरकारले हामीलाई न्याय देला भन्ने विश्वास नै थिएन, त्यहि भएर विशेष परीक्षणका लागि उनीहरुको डिएनए विदेशमा लगेर टेष्ट गर्नुर्ने मैले काठमाडौमा मन्त्रीलाई नै भनेको हुँ । तर, मेरो कुरा सुनिएन । आखिर मैले जे सोचेको थियो रिपोर्ट त्यहि आयो’ निर्मलाका बाबु यज्ञराजले भने, ‘अब त सरकारले न्याय देला भन्ने लाग्नै छोड्यो ।’

बम दिदी बहिनीको घरमा अझै खनतलासी नगरिएको भन्दै उनीहरुलाई पनि अनुसन्धानका नाममा बोलाएर त्यसै छाडिएको यज्ञराजले गुनासो गरे । बम दिदी बहिनीलाई छाड्ने र एसपी विष्टसहितको डिएनए परीक्षण गर्न ढिला गर्नुलाई आफुले न्याय मार्न गरिएको षड्यन्त्रका रुपमा बुझेको निर्मलाका बाबु यज्ञराजले दावी गरे ।

अहिलेसम्म सञ्चारमाध्यमले आफूलाई ठूलो सहयोग गरेको भन्दै पन्तले अझैपनि सहयोग गरिदिन र आफूलाई न्याय दिलाउन आग्रह गरे । ‘सञ्चारमाध्यमकै साथ पाएर हामी यहासम्म आएका छौँ, अझैपनि तपाईँहरुको सहयोग पाए केही हुन्छ की भन्ने छ । सरकारले त न्याय देला भन्ने अब टुटिसक्यो’ पन्तले भने ।

यज्ञराजले निर्मलाका बास्तविक हत्यारा र बलात्कारी पहिचान नभएसम्म राज्यसँग लडिरहने पनि बताए ।  उनले बास्तविक हत्यारा पहिचानका लागि महेन्द्रनगरमा आन्दोलन जारी रहेको पनि बताए ।

साउन १० गते साथी रोशनी बमको घर गएकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो ।

निर्मला बलात्कार हत्या प्रकरण : एसपी विष्टसहित तीनैजनाको डीएनए मिलेन

प्रतिक्रिया दिनुहोस