काठमाडौं। काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनभित्र बुधबार बिहान प्रहरी जवानले भिडियो कल गर्दै आफूलाई गोली हानेको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ।
बिहान अजित गोलेले दुई नम्बर गेट नजिकै रहेको शौचालयभित्र पुगेर आफैंलाई निधारमा गोली हानेका थिए। स्रोतका अनुसार घटनास्थलमा जवानको मोबाइल भित्तामा ठाडो पारेर राखिएको अवस्थामा पाइएको थियो।
‘त्यसैले उनले कसैलाई भिडियो कल गर्दै गोली हानेका हुन् की भन्ने प्रारम्भिक आशंका छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने। मोबाइल लक भएका कारण प्रहरीले यकिन गर्न सकेको छैन। ‘मोबाइललाई डिजिटल फरेन्सिक ल्याबमा पठाएर हेरेपछि थाहा हुन्छ’, ती अधिकारीले भने।
प्रहरीको विशेष कार्यदलमा दरबन्दी भएर संसद भवनको सुरक्षार्थ खटिएका अजित अविवाहित हुन्। उनी काठमाडौको थलीमा बस्दै आएका थिए। बुधबार बिहान ६ देखि १० बजेसम्म अजितको त्यहाँ ड्युटी थियो। २०७८ सालमा प्रहरी सेवा सुरु गरेका मृतक अजितका आफन्तहरु प्रहरीको सम्पर्कमा आएका छन्।
अविवाहित रहेकाले प्रहरीले त्यसतर्फ पनि अनुसन्धान केन्द्रित गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असार २०८१, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस