धादिङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको भविष्यबारेमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले सत्ता समीकरणमा रहेका एमालेलगायतका सबै दल यही सरकारलाई निरन्तरता दिने पक्षमा रहेको बताए ।
प्रेस चौतारी नेपाल धादिङले आज आयोजना गरेको पत्रकार भेटघाटका क्रममा महासचिव पोखरेलले मुलुकलाई सकारात्मक दिशातर्फ अगाडि बढाउन एमालेले यही सरकारलाई निरन्तरता दिने धारणा व्यक्त गरे ।
उनले भने, “वर्तमान समीकरणबाट मुलुकलाई सकारात्मक दिशामा अघि बढाउन सकिन्छ भन्ने हाम्रो प्रयास हो । त्यहीअन्तर्गत नयाँ समीकरण बनायौँ अहिले पनि हामी यो समीकरणको निरन्तरताका पक्षमा छौँ ।” महासचिव पोखरेल एमाले जिल्ला कमिटी धादिङको तीन दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न धादिङबेंसी आइपुगेका हुन् ।
सरकार कमजोर बन्यो भने जनतामा निराशा बढ्छ कि भन्ने चिन्ता भए पनि सरकारको भविष्य के होला भन्ने चिन्ता लिनुपर्ने समय आइनसकेको एमाले महासचिव पोखलेको भनाइ छ । “सरकारले राम्रो काम गरोस्, जनता अपेक्षालाई सम्बोधन गरोस्, सुशासन दिन सफल होस्, जनताका मुद्दातर्फ ध्यान केन्द्रित होस्, अरु कुरामा विरोध जनाउनुपर्ने र सरकार परिवर्तन गरिहाल्नुपर्ने अवस्था नरहेको पोखरेलको भनाइ छ ।
“कमी कमजोरी भएका भएका विषयलाई सच्याएर अघि नबढ्दा २०८४ सम्म जनतामा निराशा छाउने पो हो कि भन्ने चिन्ता एमालेमा छ । यसको विकल्पमा अरूको खोजी चाहिँ होइन”, उनले भने, “अर्को समीकरणको खोजी गर्नुपर्छ भन्ने खालको बुझाइ होइन ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ असार २०८१, १९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको सचिवालय बैठक जारी
एमाले मुख्यालय डुबानमा
बागमतीमा कांग्रेस र एमालेबीच सहमतिः २०/२० महिना मुख्यमन्त्री हुने
लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री लीला गिरी बन्ने
विपत्त व्यवस्थापनको कामलाई थप प्रभावकारी बनाउन सरकारलाई सुझाव
यसरी हुँदैछ कांग्रेस र एमालेबीच २० मन्त्रालय बाँडफाँटको ‘मोडालिटी’