काठमाडौँ । नेपाली काँग्रेसले अत्यावश्यक पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा अवरोध हुँदा आम सर्वसाधारण उपभोक्ता मर्कामा परेको भन्दै वार्ताबाट तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
काँग्रेसको आपूर्ति विभागका प्रमुख गुरु बरालले विज्ञप्ति जारी गर्दै नेपाल सरकार निगम सञ्चालक समिति, निगम व्यवस्थापन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई जिम्मेवार भएर वार्ताबाट समाधान गर्न अनुरोध गरेका छन् ।
‘बजारमा यसबाट कृत्रिम अभाव, कालोबजारी हुँदै आपूर्ति श्रृखंला समेत बिग्रने हुँदा अत्यावश्यक वस्तुहरूमा बन्द हड्ताल र अवरोध गर्न नपाइने व्यवस्थाविरुद्ध जो कोहीलाई कानुन बमोजिम कारबाही गर्न समेत जोडदार माग गर्दछौँ,‘विज्ञप्तिमा छ, ‘साथै विधिको शासन र कानूनी राज्यको अनुभूतिका लागि आवश्यक व्यवस्था मिलाई संविधान प्रदत्त उपभोक्ताको मौलिक अधिकार संरक्षण र प्रवर्द्धनको लागि हार्दिक अनुरोध गर्दछौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ असार २०८१, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल